दाबी पर्याप्त नभएको भन्दै पुनः प्रदेश प्रमुखले दिए थप २ दिन


धनगढी, वैशाख ४ गते । 

सुदूरपश्चिम प्रदेशका प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबीलाई अस्वीकार गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तर दुई दिनपछि प्रदेश प्रमुख नाजिर मियाले दुवै जनाको दाबी पर्याप्त नभएको भन्दै दलहरुलाई पुनः २ दिन समय दिएर फेरि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मियाँलाई वैशाख ६ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीसमक्ष दाबी पेश गर्न समय दिइएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी दिलीग भट्टले जानकारी दिए ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको