वैशाख ४ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
लोसपा संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको छ । यससँगै वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले लोस्पाबाट राजीनामा दिएका छन् ।
लोस्पाले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले बताए ।
लोसपा सरकार छोडेपनि मधेसमा सत्तारुढ गठबन्धनको बहुमत भएकाले मुख्यमन्त्री सुरक्षित रहने देखिन्छ । लोस्पाका ९ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा डाँकेको थिए । तर, जनमत पार्टी र नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको छन् ।
(सेन्चुरी टाईम्स)