केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले अराजनीतिक निर्णय


काठमाडौं, वैशाख ३ गते ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति ओलीले राजनीतिक समीकरण बदलेर मुलुक र जनतामा आशाको किरण फर्किन लागेका बेला सुदूरपश्चिमको मुख्यमन्त्री चयनका सवालमा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताएका हुन् ।

‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिन सक्ने भनेर अराजनीतिक निर्णय लियो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एकीकृत समाजवादीको उक्त निर्णय सही नभएको पनि बताए । ‘जसले गर्दा सही दिशामा राजनीति फर्कँदै थियो त्यसबेला निराशा पैदा हुने गरी कदम चाल्यो ।’

एकीकृत समाजवादीले आन्तरिक रूपमा त्यस्तो प्रवृत्ति नदेखे पनि हिजोदेखि बाहिरी रूपमा प्रकट भएको उनले बताए । ‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो’, उनले भने, ‘तर यसले केही फरक पार्नेवाला छैन ।’

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको