प्रदेशसभा सदस्य घनश्याम चौधरी पार्टीबाट निलम्बित


काठमाडौं, चैत ३० गते ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएर चौधरीलाई ३ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको पत्रमा प्रदेशसभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाएर समेत हभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

पत्रमा चौधरीलाई चैत १४, १५ र २५ गते छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीको निराशाले बैठकमा उपस्थित नभएको उल्लेख छ ।

(कैलाली)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको