सहसचिव खरेललाई बढुवाका लागि मानवअधिकार आयोगले गर्‍यो पटकपटक सिफारिस


काठमाडौं, चैत २६ गते । 

राष्ट्रिय मानव अधिकार आयोगले सहसचिव मुरारीप्रसाद खरेललाई सचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले कायममुकायम स्थायी सचिवसमेत रहेका खरेललाई बढुवाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सहसचिव खरेललाई सचिवमा बढुवा गर्न सिफारिस गर्ने निर्णय भएको आयोगका सदस्य मिहिर ठाकुरले जानकारी दिनुभयो ।

आयोगमा विगत ३४ महिनादेखि सचिव पद रिक्त छ । आयोग कामुको भरमा आयोग चल्दै आएको छ । आयोगले गत कात्तिकमा खरेललाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।

तर त्यतिबेला प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयले सिफारिस प्रक्रिया पूरा नपुगेको भन्दै पुनः सिफारिस पठाउन भनेको थियो । प्रधानमन्त्री कार्यालयले बढुवा गर्न अस्वीकार गरेका खरेललाई पुनस् आयोगले सिफारिस गरी पठाएको छ।

आयोगलाई प्रधानमन्त्री कार्यालयले सचिव सिफारिस गर्दा पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानुनबमोजिम गर्न भनेको थियो।

आयोगले पटक(पटक छलफल गरी पुनस् खरेललाई नै सचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको सदस्य ठाकुरको भनाइ छ।

आयोग केही सदस्यहरूले बैठकमा सहसचिव टीकाराम पोखरेल र यज्ञ अधिकारीलाई पनि बढुवा गर्न सकिनेबारे सोच्न आग्रह गरेका थिए। तर अध्यक्ष तपबहादुर मगरले सचिवमा पुनस् सहसचिव खरेललाई नै सिफारिस गरिनुपर्ने अडान राखेका थिए।

आइतबारको बैठकमा अध्यक्षको प्रस्तावमा सदस्य मनोज दुवाडी, लिली थापा, सूर्यप्रसाद शर्मा ढुंगेलले सहमति जनाएका थिए । बहुमतका आधारमा खरेललाई दोस्रो पटक पनि सचिवमा सिफारिस गरिएको हो ।

आयोगको सिफारिस मंगलबार प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी भएको छ ।

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको