आरती साहको घटनाबारे छानबिन सुरु


जनकपुरधाम, चैत २६ गते ।

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं-९ थापाचोकमा २०८० जेठ ७ गते घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी आरती साहको घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीको नेतृत्वमा छानबिन टोली जनकपुर पठाएको छ । राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठानमा कार्यरत जोशीसँगै सिआइबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्त लामा जनकपुर पुगेर अनुसन्धान र थप अनुसन्धान थालेका छन् ।

गत फागुन ३० गते गृह मन्त्रालय र पीडित परिवारबीच थप अनुसन्धानका लागि सिआइबी टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीसँग ५ बुँदे सहमति गरेपछि १० महिनादेखि आन्दोलनरत साहको परिवारले आन्दोलन फिर्ता लिएको हो ।

त्यसैगरी, डीआईजी नेतृत्वको टोलीले काम थालेको ४५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । धनुषाका तत्कालीन प्रहरी अधिकारीले पीडित परिवारलाई कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(आज्ञा खबर)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको