
काठमाडौं, चैत २६ गते ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानविन समिति ‘बटमलाइन’ बनाउने गर्ने भएको छ ।
कांग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीहरुको सोमबार बिहान बसेको बैठकले छानविन समितिबाट नहट्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । ‘संसदीय छानविन समितिको क्षेत्राधिकारबारे कस्तो बनाउने भन्ने हामी खुलेर छलफल गर्न तयार छौं’, मुख्यमन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति गठन बनाएर जाने आम माग हो । यसमा सरकार संवेदनशील हुनुपर्छ भन्ने हाम्रो अडान हो ।
संसदीय छानविन समितिको विषयमा शीर्षस्तरीय बैठकमा सबै सहमति भएको थापाले जानकारी दिए ।
कांग्रेसले माग गरेको संसदीय छानविन समिति बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले पार्टीका नेताहरुलाई दिउँसो २ः३० बजे बोलाएका छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनेछन् ।
(onlinekhabar)