एमाले र माओवादीले गरे गण्डकीमा सभामुख समेत जोडेर सरकारमा दाबी


पोखरा, चैत २५ गते ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठबन्धनले गण्डकीमा सभामुख समेत जोडेर सरकार दाबी गरेको छ ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको निवास पुगेर आइतबार एमाले, माओवादी केन्द्र र स्वतन्त्र हैसियत मागेका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन्।

गण्डकी सभामुखमा माओवादीबाट कृष्ण धिताल निर्वाचित भएका छन् । उनलाई समेत जोडेर गठबन्धनले बहुमत पुर्‍याएर सरकारमा दाबी गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

ूनिर्वाचन आयोगमा रहेको रेकर्डअनुसार हाम्रा ८ सांसद छन्, एमालेसँग २२ सांसद छन्। स्वतन्त्र सांसद राजीव गुरुङले ुदीपक मनाङ्गेु जोडेर ३१ मतले सरकार दाबी गरेका छन्,ू उनले भने।

सभामुखले सरकार गठन र विघटनमा मत दिन नपाउने कानुनी व्यवस्था रहे पनि गठबन्धनले सभामुख जोडेर सरकारको दाबी गरेको हो।

नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा चैत ५ गते सहभागी भएका नेकपा ९एकीकृत समाजवादी० बाट स्वतन्त्र हैसियत मागेका सांसद दीपक मनाङे पनि गठबन्धनसँग मिलेका छन्।

एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्दा मनाङे पनि उपस्थित भएका थिए। गण्डकीमा सभामुख जोडेर सत्ता गठबन्धनले ३१ मत पुर्‍याए पनि विश्वासको मत लिँदा सभामुखले मतदान गर्न पाउँदैनन्। त्यतिबेलासम्म राप्रपाका २ सांसदले साथ दिने एमाले नेताहरुको विश्वास छ।

गण्डकीका सबैभन्दा ठूलो दल कांग्रेसले पनि सरकार दाबी गर्ने तयारी गरेको थियो। कांग्रेसले २७, राप्रपाको २, माओवादीको चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका १ र दीपक मनाङे गरी ३१ मत पुर्‍याउने कांग्रेसको तयारी थियो।

यसअघि विश्वासको मत पाउन नसकेपछि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत ११ गते राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतीय सरकारको दाबी पेश गर्न ७ दिनको समय दिएको थियो ।

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको