इलाम-२ मा नेकपा एसले जित्छ : झलनाथको दाबी


Deep Diamond

इलाम, चैत २४ गते ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्माननीय नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । शनिबार इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताए । उनले अरू पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे।

उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए । उनले पछिल्लो सत्ता गठबन्धनका नेताहरुसँग सत्ता गठबन्धनलाई अगाडि बढाउनुको विकल्प नभएको जिकिर गरे । उनले अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताए।

उनले भने, ‘पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ, भनेर अहिले वामपन्थी शक्तिहरुको सरकार बनेको छ। अहिले हामी अलग अलग हिँडौँ, प्रतिष्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतिपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसावले अहिले यसमै सहमति गरेका हौँ। यो प्रतिष्पर्धाको सहमति हो। हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’

उनले अहिलेको सत्ता सहकार्य प्रतिस्पर्धा मात्र भएको बताए ।

(थाहा खबर)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको