इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनमा अहिलेसम्म ६ जनाले गराए उम्मेदवारी दर्ता


इलाम, चैत २४ गते । 

इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनमा अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नाम परिवर्तन संयुक्त संघर्ष समितिका ४१ वटा निर्वाचन क्षेत्रको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् । ।

स्वतन्त्र उम्मेदवारका रुपमा उनले पाँच नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ताका क्रममा ठूलो समूह बाजा, ढोल, झाम्टा बजाउँदै र सांस्कृतिक पहिरनमा ठूलो समूह आएको थियो ।

त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन् । लिम्बु २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा मङ्गोल नेसनलबाट पनि उम्मेदवार बनेका थिए, भने उनले १३६३ मत पाएका थिए ।

नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले पनि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुको समेत उपस्थिति रहेकी थिइन्।

यसअघि जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने मनोनयन दर्ता गरेका छैनन् ।

(थाहा खबर)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको