
रौतहटैँ, चैत २३ गते ।
भारतीय सीमा जोडिएको रौतहटको दक्षिणी भेगको ईशनाथ नगरपालिका ९ डुमरिया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी भएको हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।
खापराका स्थानीय शेख इशहाक मिया धुनियाको घरमा आगलागी भएर लाखौँको क्षति भएको हो । बिहान ८ः३० बजे खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिनुभयो ।
आगलागीबाट ६ लाख ५० हजार मूल्य बराबरको अन्न, गरगहना र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय र प्रहरी चौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।
गर्मीसँगै हावाहुरी चल्न थालेपछि रौतहटमा आगलागीका कारण करिब १ दर्जन घर जलेको र लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
(खबरहब)