सुनसरीको भुटाहामा दुई समूहबीच झडप, प्रहरीले गरे ६ राउण्ड हवाई फायर


विराटनगर, चैत २३ गते । 

सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

हरिनगर गाउँपालिका–१ भुटाहामा एक युवकलाई कुटपिटको घटना हिंसात्मक बनेपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले ११ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले जानकारी दिए ।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको