गण्डकी प्रदेशको २७ गतेभित्र मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान


पोखरा, चैत २१ गते ।

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिएपछि प्रदेशका मुख्यमन्त्री डिल्लीराज भट्टले चैत २७ गते दिउँसो ३ बजेसम्म नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

भट्टले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

 

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको