सुन प्रकरणमा अनुसन्धान गर्ने दुई इन्स्पेक्टर सीआईबीमै फिर्ता


Deep Diamond

काठमाडौं, चैत १३ गते । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणको छानबिनमा त्रुटि भएको निष्कर्ष निकालेपछि सिआइबीमा कार्यरत अधिकृतलाई धमाधम हटाइएको छ । तर, सुनको अनुसन्धानमा संलग्न भए पनि बाहिर काम गर्ने दुई इन्स्पेक्टरलाई सिआइबीमा फिर्ता बोलाइएको छ ।

प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा काज सरुवा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीहरु ६० केजी ७१६ ग्राम सुन तस्करीको अनुसन्धानमा जुटेका थिए ।

अवैध सुन तस्करी र संगठित अपराधका बारेमा इन्स्पेक्टर अधिकारीले आर्थिक विश्लेषण र गजेन्द्र रावलले प्राविधिक विश्लेषण गरेका छन् । अनुसन्धान सकिएपछि उनीहरु फिर्ता भएका थिए ।

सुनको छानबिन गर्ने सीआईबीका ४ इन्स्पेक्टरलाई त्यहाँबाट हटाइएको छ । सिआइबीमा कार्यरत इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्साल, कृष्ण श्रेष्ठलाई पहारा गण र सुरेश खत्री र रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

सीआईबीमा कार्यरत प्रहरी नायव निरीक्षक विवेक ढुंगाना, प्रसानी इन्कार वली र प्रहरी जवान लक्ष्मण सापकोटाको पनि त्यहाँबाट सरुवा गरिएको छ ।

(रातोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको