माओवादीका उपाध्यक्ष महरा पक्राउ


काठमाडौँ, चैत ५ गते । 

पूर्वसभामुख समेत रहेका सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुस्लिमको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

‘महरा सर खाना खान जानु भएको थियो, त्यही बेला उनलाई हिरासतमा लिइयो’, स्रोतले भन्यो ।

महरालाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी प्रहरीले जनाएको छ।

महरालाई सोमबार बिहानैदेखि प्रहरी निगरानीमा राखिएको थियो ।

उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरिएको छ । महरालाई विमानस्थल पुर्‍याइसकिएको छ ।

यती एयरलाइन्सको विमानबाट उनलाई काठमाडौं लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ ।

महरामाथि सुन तस्करीमा संलग्नता रहेको आरोप छ ।

सुन तस्करी जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो। आयोगले उनलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सुन काण्डमा महराका छोरा राहुल पनि हिरासतमा छन् ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको