सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सिआइबीले बुझ्यो


काठमाडौँ, चैत ४ गते ।

सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुझेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।

सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले आइतबार गृह मन्त्रालयमा प्रतिवेदन प्राप्त गरेको जानकारी दिए । एआईजी ज्ञवालीले अनलाइनखबरसँग भने, ‘आज हामीले प्रतिवेदन बुझेका छौं । अब, अध्ययन पछि, कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ ‘अहिलेसम्म मिडियामा आएका विषय बाहेक औपचारिक रुपमा हामीलाई कुनै जानकारी आएको थिएन । बल्ल प्रतिवेदन हात परेको छ । अब अध्ययन गरेपछि सम्बधीत व्यक्तिमाथि कारबाही अघि बढ्छ,’ उनले भने ।

विमानस्थलमा भन्सार जाँच पास गरेको ६० किलो सुन तस्करी, भिईपी मार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो । त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

आयोगले सुन तस्करीमा संलग्न व्यक्तिको बयान, स्थलगत अध्ययन र प्राविधिक विश्लेषणका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको