हङकङले दियो नेपाललाई २१३ रनको लक्ष्य


काठमाडौं, फागुन २६ गते । 

मैत्रीपूर्ण टी–२० क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।

शनिबार हङकङमा जारी खेलमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको हो ।

हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

डेब्यु गरेका आकाश चन्दले अन्तिम ओभरमा दुई विकेट लिए ।

उनले बाबर हयात र यासीम मुर्तजालाई ११० रन बनाएका थिए । बाबरले ४९ बलमा १३ छक्का र तीन चौका प्रहार गरे थिए। यासिम शून्यमै आउट भएका थिए।

त्यसअघि राशिद खानले १४ औं ओभरमा जेमी एत्किन्सनको विकेट लिएका थिए । उनलाई खानले एलबीडब्ल्यू आउट गरेका हुन् । एत्किन्सन शून्यमा विकेट लिएर आउट भए ।

१३ औं ओभरमा प्रतिश जिसीले अन्शी राथलाई आउट गरेका थिए। उनी ३९ रन बनाएर गुल्सन झाको हातमा कैच आउट भए ।

त्यसअघि पाँचौं ओभरमा डेब्यु गरेका आकाश चन्दले मार्टिन कोइत्जीको विकेट लिए । उनी ३१ रन बनाएर आउट भए ।

तेस्रो ओभरमा आरिफ शेखले निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए ।

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टी–२० सिरिज यही फागुन २७ बाट सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ मा हङकङसँग खेल्ने छ, भने नेपालले फागुन २९ मा पवुवा न्युगिनीसँग खेल्नेछ । त्रिकोणात्मक शृंखलाको अन्तिम खेल फागुन ३० मा हुनेछ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको