नेपालले हात पार्यो हङकङको चौथो विकेट


काठमाडौं, फागुन २६ गते ।

मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले हङकङको चौथो विकेट हात पारेको छ ।

हङकङमा जारी खेलमा फिल्डिङमा रहेको नेपालले हङकङको चौथो विकेट लिएको छ ।

राशिद खानले १४औं ओभरमा जेमी एट्किन्सनको विकेट लिएका हुन् । उनलाई खानले एलबीडब्ल्यू आउट गरेका थिए । एत्किन्सन शून्यमा आउट भए।

नेपालका लागि प्रतिश जिसीले तेस्रो विकेट लिएका थिए। १३ औं ओभरमा प्रतिश जिसीको बलमा अन्शी राथ आउट भएका हुन्। उनलाई गुलसन झाले क्याच आउट गरेका थिए । राथले ३९ रन बनाएका छन्।

त्यसअघि डेब्यु गरेका आकाश चन्दले पाँचौं ओभरमा मार्टिन कोइत्जीको विकेट लिएका थिए। उनी ३१ रन बनाएर आउट भए।

यसअघि नेपालका आरिफ शेखले तेस्रो ओभरमा निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए।

हङकङले १४ औं ओभरमा ४ विकेट गुमाएर १२६ रन बनाएको थियो ।

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको छ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी(२० आई सिरिज सुरू हुँदैछ।

त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेलिरहेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ। त्यसैगरी नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ, भने त्रिकोणीय सिरिजको अन्तिम खेल फागुन ३० मा हुनेछ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको