
काठमाडौँ, फागुन २२ गते ।
मनाङको डिस्याङ गाउँपालिका–१ स्थित पिसाङ्ग र ढुकुरपोखरीको बिचमा पर्ने खाङ्सार–चामे सडकमा हिमपहिरो गएको छ । हिमपहिरोका कारण उक्त क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
हिमपहिरोले अवरुद्ध भएको सडक खुलाउन सशस्त्र प्रहरी परिचालन गरिएको छ । फागुन २१ देखी अवरुद्ध सडक खुलाउन सशस्त्रको नम्बर–३२ गुल्मको फौजले काम गरिरहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
गाउँपालिकाको दुई वटा स्काभेटरको सहयोगमा सशस्त्र बलले सडकबाट हिउँ हटाउने काम गरिरहेको छ ।
(रातोपाटी)