काठमाडौं, १९ फागुन ।
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुर मैदानमा दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६ रन, गुल्सन झाले ३८ रन, कुशल भुर्तेलले १२ रन र आसिफ सेखले ८ रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ रन बनाएको थियो भने ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।
नेदरल्याण्ड्सका म्याक्स ओडाउडले करियरकै उच्च ३१ रन बनाए । टिम भान डर गुग्टेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवर्ड्सले १८ रन बनाएका बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि प्रतिश जीले तीन, करण केसी र कुशल मल्लले दुई–दुई तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।
onlinekhabar