चितवनकी १३ वर्षीया शालिनको मृत्यु प्रकरण के हो ?


Deep Diamond

काठमाडौं, फागुन १९ गते ।

निधारमा रातो टीका र रातै गुन्युचोली सजिएकी नाबालिकाको तस्बिर पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा ‘जस्टिस फर’ शालिनको लागि न्याय लेखिएको छ ।

न्यायका लागि अभियान चलाएर सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिर चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयका कक्षा ८ मा अध्ययनरत १३ वर्षीय शालिन पोखरेलको हो ।

फागुन १२ मा विद्यालयको छात्रावासको कोठामा छतको पंखामा डोरीमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेकी थिइन् । शालिनका परिवारले बलात्कारपछि झुन्ड्याएर हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

घटना भएको ६ दिनपछि चितवनको भरतपुर अस्पतालमा परिवारले उनको पोष्टमार्टम काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा गरेको थियो । टिचिङ अस्पतालले उनको पोस्टमार्टम रिपोर्ट तयार गरी चितवन प्रहरीलाई पठाउने तयारी गरेको छ ।

पीडित परिवारको उजुरीका आधारमा विद्यालयका प्रधानाध्यापक बल्हारी देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डन कमल शर्मा पौडेललाई पक्राउ गरिएको चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । प्रहरीले पक्राउ गरिएकाहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको डीएसपी भण्डारीले बताए ।

शालिन दुई वर्षदेखि विद्यालयको होस्टेलमा पढ्दै आएकी थिइन् । प्रहरीका अनुसार शालिनका मामाको घर रत्ननगर–१५ माधवपुरमा छ । घर गोरखा अजिरकोट–५ को हो ।

विद्यालयले घटना हुनासाथ परिवारलाई बोलाउनुको सट्टा प्रहरीलाई खबर गरेर परिवारका मानिस नपुग्दै शव कोठाबाट निकाल्नु नै घटना शंकास्पद भएको परिवारको आरोप छ । त्यस बाहेक जुत्ता र लुगा धुने तयारी गर्दागर्दै शालिनको शव फेला परेको र यो आत्महत्या नभएर बलात्कारपछि हत्या भएको परिवारको आरोप छ ।

पोष्टमार्टम रिपोर्ट काठमाडौंबाट आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ । चितवनका एसपी वाबेश रिमालले बताए । हामीले पोस्टमार्टम रिपोर्ट पाएका छैनौं। रिपोर्ट आएपछि थप केही भन्न सकिनेछ ।”

शालिन मृत्यु प्रकरणसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको पाँच वर्षअघि बलात्कारपछि हत्या भएको घटना पनि त्यस्तै भएको आशंका गरिएको छ । साउन १०, २०७५ मा साथीको घरबाट फर्किँदा निर्मलाको बलात्कारपछि हत्या गरीएको शव उखुबारीमा भेटिएको थियो । घटनाका आरोपी अझै पक्राउ परेका छैनन् ।

हत्या भएको एक महिनापछि प्रहरीले कञ्चनपुरका दिलीप विष्टलाई रिहा गरेको थियो । तर, दिलिपको डीएनए परीक्षण असफल भएपछि उनलाई रिहा गरिएको थियो । प्रहरीले करिब दुई सय जनाको डीएनए परीक्षण गरे पनि हत्यारा पत्ता लगाउन सकेको छैन । निर्मलको न्यायका लागि सामाजिक सञ्जालबाट पनि प्रदर्शन भएको थियो ।

(१२ खरी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको