आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, नेपाललाई जित्नै पर्ने दबाब


काठमाडौं, फागुन १९ गते ।

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ११ः३० मा सुरु हुनेछ ।

अघिल्ला तीन खेलमा १ खेल मात्रै जितेको नेपालका लागि आजको खेल महत्वपूर्ण छ । सिरिजको फाइनलमा पुग्न नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । पहिलो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो ।

हिजो भएको दोस्रो खेलमा नामिबियासँग नेपाल ३ रनले विजयी भएको थियो । यदि उसले आज नेदरल्याण्ड्सलाई जित्यो भने नेपालको सिरिजको फाइनलमा पुग्ने सम्भावना कायम रहन्छ ।

सिरिजमा दुई खेल मात्र खेलेको नेदरल्याण्ड्स दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको समान २र२ अंक छ । नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा छ ।

आजको खेल जित्दा नेपालको दुई अंक थपिने छ । नामिबियाले भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । यदि नेपालले आज जित्यो र भोलि नामिबिया हार्यो भने नेदरल्याण्ड र नेपालले सिरिजको फाइनल खेल्नेछन् ।

अनिल शाह र आशिफ शेखले शुक्रबार नामिबियाविरुद्ध ओपनिङ गरेका थिए । कुशल भुर्तेलको इजलास रहेको थियो ।

अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको थियो र नेपाल ३ रनले विजयी भएको थियो ।

हिजोको खेलमा कुशल मल्लले अर्धशतक बनाएका थिए । आजको खेलमा पनि नेपाल उत्कृष्ट प्रदर्शन र जितको खोजीमा हुनेछ ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको