३ बलमा नेपालले गुमायो गुल्शन र अनिलको विकेट, नेपाल दबाबमा


काठमाडौं, फागुन १८ गते ।

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरु ३ बलमा नेपालले २ विकेट गुमाएको छ । योसँगै नेपालले ८.२ ओभरमा ४ विकेट गुमाएको छ ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाएर आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रन बनाएर आउट भए । गुलशन आउट हुँदा नेपालको स्कोर ६४ रन छ ।

यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा आज नेपाली टोलीबाट बाहिर छन् । उनीहरुको ठाउँमा आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह टिममा छन् ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको