
काठमाडौं, फागुन १७ गते ।
बिहीबार सुनको भाउ बढेपनि चाँदी भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख १८ हजार चार सय रुपैयाँमा पुगेको छ । पछिल्लो दुई सातामा सुनको भाउ एक हजार ९ सय रुपैयाँले बढेको छ । फागुन ३ गते सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिनको सोही मूल्यमा बिहीबार चाँदी १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
श्रोत onlinekhabar