
काठमाडौं, फागुन १५ गते ।
प्रहरीले सिंहदरबार वरपरका फुटपाथमा पनि हिँड्न निषेध गरेको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा लघुवित्त ऋण लिनेहरूको समूह प्रवेश गरेपछि सिंहदरबार वरपरको फुटपाथमा पनि कडाइ गरिएको छ ।
सिंहदरबार वरपरको फुटपाथमा निषेधित क्षेत्रका रूपमा डोरी टाँगिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको वरिपरि घुम्न निषेध गरिएको भए पनि प्रहरीले समुहमा हिँड्न दिएको छैन ।
सुरक्षाकर्मी पनि पर्खाल नजिकै हिँड्न छाडेका छन् । लघुवित्त ऋणदाताको टोली संसद भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाह्य सुरक्षामा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ ।
उनीहरुलाई हटाएर सोमबार नयाँ टोली पठाइएको थियो । लगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाए ।