नेपाल आज प्यालेस्टाइनको सामना गर्दै : वाफ वुमेन्स च्याम्पिनयसिप २०२४


काठमाडौँ, फागुन १२ गते ।

नेपालले वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा शनिबार प्यालेस्टाइनको सामना गर्दैछ । यो समूह ुबीु को अन्तिम लिग खेल हुनेछ र यसको नतिजाले समूह विजेताको निर्धारण गर्नेछ। दुवै टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

सुरुवाती दुवै खेल जित्दै नेपाल र प्यालेस्टाइनको समान ६ अंक छ । नेपाल गोल अन्तरले अगाडि छ । साउदी अरेबियाको जेद्दाहमा हुने खेल नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ ।

यसअघि यस समूहको अर्को खेलमा सिरिया र इराक भिड्नेछन् । शुक्रबार समूह ुएु को खेलमा जोर्डनले लेवनानलाई २–० ले र ग्वामले साउदी अरेबियालाई २–० ले हरायो ।

योसँगै तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन समूह विजेता बनेको छ । लेवनान दोस्रोमा रह्यो । दुवै टिम यसअघि नै अन्तिम चारमा पुगिसकेका थिए ।

श्रोत कान्तिपुर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको