ट्रक पल्टिँदा जुम्ल्याहा दाजुबहिनीको मृत्यु


काठमाडौं, फागुन ११ गते ।

मोरङको बूढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालवाहक ट्रक पसलमा पल्टिँदा तीनरचार जनाको मृत्यु भएको शंका गरिएको थियो ।

उनीहरुमध्ये सोही स्थानका स्थानीय ५ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनीहरु जुम्ल्याहा दाजुबहिनी हुन् । उनीहरु बुवासँग पसलमा बसिरहेका थिए ।

उनीहरुका बुवा ५० वर्षीय ज्योति अधिकारीको घुँडाको मुनिको भाग थिचिएकाले त्यही अक्सिजनमा राखिएको छ । उनको उद्धार भइरहेको छ ।

उनीहरु तीनै जना आफ्नो पसलमा बसिरहेका बेला मार्बल बोकेको मालबाहक ट्रकले पल्टिएर थिचेको हो,ु एसपी कार्कीले बताए ।

त्यहाँ एक रिया खवास नामकी बालिका पनि हराइरहेकी छिन् । बालिकालाई पनि ट्रकले थिचेको हो कि भन्ने शंका रहेकोले खोजी कार्य भइरहेको उनले जानकारी दिए।

ट्रक कसरी पल्टियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको