
काठमाडौं, फागुन ११ गते ।
प्रतिनिधिसभाको बैठकमा संघीय संसदका महासचिवसँग तीनवटा नागरिकता रहेको विषय उठेको छ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि संसदको महासचिवसँग तीन नागरिकता रहेको कुरा विपक्षी दललाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् ।
म विपक्षीलाई भन्न चाहन्छु– संसदका महासचिवको तीन नागरिकता र दुईवटा राहदानी तपाईंले उठाएका कुरामा थप्नुहोस् न । संसदमा हाम्रा महासचिवसँग तीनवटा नागरिकता, दुईवटा राहदानी छ, त्यो जोड्नु पर्दैन ।
श्रोत onlinekhabar