कुमारी बैंककाे ४ हजार भन्दा बढि कित्ता संस्थापक सेयर बिक्रीमा


Deep Diamond

काठमाडौं, फागुन ११ गते ।

कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीका लागि ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरूमध्ये एक रामकुमारी पौडेलको नाममा सेयर बिक्री खुला गरेको छ ।

उक्त सेयरको लागि बैंकका अन्य विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले आजदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्ने सेयर संख्याको विवरण सहित निवेदन दिनुपर्नेछ ।

कम्पनीको सूचनामा उल्लेख भए बमोजिम सेयर मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । संस्थापक सेयरधनीले सो समयमा सेयर खरिद नगरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने पनि बैंकले जनाएको छ ।

श्रोत इकागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको