काठमाडौँ, फागुन ९ गते ।
आइसीसी विश्वकप लिग–२ मा नामिबियाविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् ।
उनले ५५ बलमा एक छक्का र ८ चौकाको मद्दतले ५० रन पुरा गरे । उनले ४७ रन बनाएर १६।५ ओभरमा ६ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् ।
अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । नेपालको इनिङ्सलाई शेख र कुशल मल्लले सम्हालिरहेका छन् ।
यसअघि कुशल भुर्तेल १८ रनमा, अनिल र देव खनाल शून्य रनमा गुमाएपछि नेपाल दबाबमा परेको थियो ।











