नेपालको आजको खेल नामिवियासँग


काठमाडौँ, फागुन ९ गते ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

नेपालको कप्तानीमा रोहित पौडेल र नामिबिया जेराल्ड इरास्मसको कप्तानी मैदानमा छन् ।

पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमा अलआउट भयो । नेपालका लागि भीम सार्कीले ४४ रन बनाएका बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा कडा प्रतिस्पर्धा गर्दै नेपालले ३३।१ ओभरमा ६ विकेट लिएको थियो ।

विश्वकपको दोस्रो खेलमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराउँदै नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ ।

नेपालले नेदरल्यान्ड्सलाई १३७ रनमा अलआउट गर्दै १५।२ ओभरमा लक्ष्य पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक बनाएका थिए ।

पहिलो खेलमा हार बेहोरे पनि नेदरल्यान्ड्सविरुद्धको पुनरागमन जितसँगै नेपालको मनोबल उच्च छ । उच्च मनोबलका साथ घरेलु मैदान, अवस्था र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँगको हारको बदला लिन चाहन्छ। अर्कोतर्फ नामिवियाले लगातार दोस्रो खेलमा नेपाललाई स्तब्ध बनाउने सोचमा छ ।
पहिलो तीन खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिले ब्याटिङ गरेको तीन टोली १४० रनभन्दा कममा अलआउट भएका थिए । सुरुमा टस हारेर ब्याटिङ गर्ने टोलीका लागि यो चुनौतीपूर्ण हुनेछ । त्यसैले आजको खेलमा टस नै निर्णायक हुन सक्छ । पहिला ब्याटिङ गर्नु परेमा दुबै ओपनरले २० ओभरसम्म संयमित हुँदै खेल्नुपर्ने हुन्छ ।

तेस्रो नम्बरमा अनिल साह हुनेछन् । अनिल राम्रो लयमा छन् । नेदरल्यान्ड्सविरुद्ध अनिलले ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनको आक्रामक इनिङ खेलेका थिए । क्यानडासँग ५० र ११२ रनको इनिङ खेलेका थिए ।

चौथो नम्बरमा रोहित पौडेल हुनेछन् । पाँचौं नम्बरमा भीम सार्की हुनेछन् । यी पाँच मध्य एक ब्याटरले ठूलो इनिङ खेल्नुपर्छ । त्यसपछि कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा र करण हुनेछन् । टोलीको आवश्यकता र अवस्था अनुसार तल्लोक्रममा ब्याटिङक्रम टोलीले पठाउने छ ।

तीव्र गतिका बलरमा करण र सोमपाल कामी हुनेछन् । गुशनल पार्टटाइम हुनेछन् । ललित प्रमुख स्पिनर हुन् । पार्टटाइममा कुशल मल्ल, रोहित र कुशल भुर्तेल हुनेछन् ।

उता नामिवियाको ब्याटिङ मजबुत छ । ओपनरमा निकोलस डेभिन र जेपी कोट्जी हुनेछन् । तेस्रो नम्बरमा माइकल भान लिंगेन हुनेछन् । लिंगेनले गत वर्ष लिग २ मा लगातार नेपालविरुद्ध दुई शतक हानेका थिए ।

जेराल्ड इरास्मस चौथो नम्बरमा खेल्नेछन्। त्यसपछि जेन फ्रेलिंक, जेजे स्मिथ र जेन ग्रीन हुनेछन्। जेराल्ड, लिंगेन र जेजे प्रमुख ब्याट्सम्यान हुन्।

तल्लोक्रममा जान निकोल लोफ्टी एटन र रुवेन ट्रम्पलम्यान हुनेछन् । बायाँ हातका ट्रम्पलम्यान र ज्याक ब्रासेल प्रमुख फास्ट बलर हुन्। जेराल्ड र बर्नार्ड स्कोल्ट्ज स्पिनर हुन्। जेजेले बलिङ गर्ने सम्भावना कम छ।

नेपाल र नामिबियाबीच ७ ओडिआई खेल भएका छन् । जसमा नेपालले २ खेलमा जित र ४ खेलमा हार बेहोरेको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको