नेपालले लियो नेदरल्याण्ड्सको सातौंं विकेट


काठमाडौँ फागुन ५ गते ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ ।

कप्तान रोहित कुमार पौडेलले २७.२ ओभरमा सरिज अहमदमलाई खाता खोल्न नदिइ क्लिन बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सले १०१ रन मात्र बनाएको छ ।

यसअघि २६.३ ओभरमा कुशल भुर्तेलले वेस्ली बारेसीलाई दिपेन्द्रसिंह ऐरीको हातमा क्याच आउट गराएर छैटौं विकेट लिए । खाता खोल्न नसकेका वेस्ली ब्यारेसी रिभर स्वीप खेल्ने धुनमा आउट भए ।

यसअघि ललित राजवंशीले बास डि लिडेलाई बोल्ड गर्दै दोस्रो व्यक्तिगत विकेट लिएका थिए । त्यसअघि ललितले साब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए ।

खेलको तेस्रो बलमा सोमपाल कामीले नेदरल्यान्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए ।
नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड रनआउट भए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको