काठमाडौं, फागुन ३ गते ।
आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबियाविरुद्धको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रनमा आउट भएका छन् ।
पाँचौं नम्बरमा ब्याटिङ गरेका सार्की २७.४ ओभरमा सातौं विकेटका रूपमा आउट भएका हुन् । कप्तान इरास्मसले अफस्टम्प नजिकको बलमा बलियो अपील गरेका थिए । जसमा अम्पायरले एलबीडब्ल्यू आउट गरेका थिए ।
एकतर्फबाट लगातार विकेट गुमाइरहेका भीमले नेपाली इनिङ्सलाई एकतर्फबाट सम्हालेका भीमले ८६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
यसअघि सोमपाल कामी व्यक्तिगत २ रनमा छैटो विकेटका रुपमा आउट भएका थिए ।