काठमाडौं, माघ २९ गते ।
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन नागरिकहरूसँग सुझाव मागेका छन् ।
कांग्रेस सुदृढीकरणलगायतका विषयमा सुझाव दिन कोइरालाले अनलाइनमार्फत् आह्वान गरेका हुन् ।
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म सनराइज हल गोदावरी ललितपुरमा महासमिति बैठक बोलाएको छ ।
२०७८ मंसिरमा मात्र नेतृत्वको बैठक बसेको कांग्रेसले नीतिगत अधिवेशनको काम पनि सञ्चालन गर्न महासमितिको बैठक बस्दैछ ।
महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् ।
महासमिति सदस्यहरुले पनि विभिन्न विषयमा कुरा गर्ने प्रयास गरेका छन्। महासमितिमा राख्नुपर्ने विषयमा कोइराला, नैनसिंह महर, भूपेन्द्रजंग शाहीलगायतले सुझाव लिइरहेका छन् ।
कांग्रेस महासमिति बैठकमा करिब २३ सय जनाको सहभागिता हुनेछन् । पार्टीले लिएको नीतिलाई समूहगत रुपमा छलफल गरी पारित गर्ने तयारी कांग्रेसको गरेको छ ।
श्रोत सेतोपाटी











