सरकारले बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै


Deep Diamond

काठमाडौं, माघ २९ गते ।

सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च र आम्दानीको आज अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे पत्रकार सम्मेलन गरी समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गरेको हो ।

साउनदेखि पुस मसान्तसम्म सरकारी आम्दानी र व्ययको खाता ४८ अर्ब ४६ करोड घाटामा रहेको छ । नियन्त्रक कार्यालयका अनुसार सरकारले २०८० पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ भने खर्च (बजेट कार्यान्वयन)मा ५ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको छ ।

तर, सरकारी खर्च र आम्दानी लक्ष्यअनुरूप नहुँदा अर्धवार्षिक समीक्षामार्फत दुबै लक्ष्य परिमार्जन गर्ने तयारी सरकारले गरेको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । यो लक्ष्य पूरा हुन नसकेपछि सरकारले राजस्व र खर्च दुवैको लक्ष्य र सीमा पुनरावलोकन गर्ने तयारी गरेको छ ।

 : मौद्रिक नीतिको समीक्षा पनि आजै

अर्कोतर्फ अर्थ मन्त्रालयले समग्र अर्थतन्त्रको अर्धवार्षिक समीक्षाको तयारी गरिरहेको अवस्थामा राष्ट्र बैंकले पनि मौद्रिक नीति पुनरावलोकनको तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागि सोमबार साँझ सञ्चालक समितिको बैठक डाकेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको अर्धवार्षिक समीक्षा पारित भएमा मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा पनि आज सार्वजनिक गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको