काठमाडौं, माघ २९ गते ।
तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि ललित राजवंशीले चौथो विकेट लिएका छन्।
उनले क्यानडाका नवनीद धालिवाललाई ५० रनमा आकास चन्दले क्याच गराए । उनले आउट हुनुअघि ८२ बलमा ४ चौका प्रहार गरेका थिए ।
क्यानडाले निर्धारित २७ ओभरमा ४ विकेट गुमाएर १०१ रन बनाएको छ ।
त्यसअघि कुशल मल्लले निकोलस किर्तनलाई ३ रनमा आउट गरे । त्यस्तै दोस्रो विकेट आकाश चन्दले लिए । उनले क्यानडाका श्रीमन्था विजेरत्नेलाई २२ रनमा कप्तान रोहित पौडेलको हातमा कैच आउट गराए । योसँगै नेपालले क्याड्नासँग ४८ रनको साझेदारी तोड्यो।
नेपालले तेस्रो ओभरमा पहिलो विकेट लियो । नेपालका लागि हेमन्त धामीले ४ रनमा आरोन जोन्सनलाई देव खनालले क्याच गराए। हेमन्तले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका हुन् । उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औँ खेलाडी बनेका छन् ।

यसअघि नेपालले लगातार दुई खेल जितेर सिरिज जितेको छ।
फागुन पहिलो साताबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको छ ।
कीर्तिपुर मैदानमा हुने लिग–२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
श्रोत सेतोपाटी











