नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं, माघ २८ गते ।

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा फागुन ३ गते बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ । कांग्रेसले छलफलको तयारी सुरु गरिसकेको खण्डमा केन्द्रीय समितिले आवश्यक थप निर्णय गर्नेछ ।

फागुन ३ गते बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुको उपस्थिति रहनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको