गौशालाको होटलमा महिलाको हत्या प्रकरणः प्रेमी पक्राउ


काठमाडौं, माघ २८ गते ।

काठमाडौंको विजयचोक गौशालास्थित सिरहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४५ वर्षीया प्रमिला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको कार्यालयका एकजना अधिकृतले बताए । उनलाई काठमाडौंबाट जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । आरोपी दोलखाका स्थानीय हुन् ।

पक्राउ परेका पुरुष र रामेछापस्थित लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर सम्बन्धमा थिए । हत्यापछि उनी होटलको कोठामा बाहिरबाट चाबी लगाएर फरार भएका थिए । हत्या माघ २६ गते भएको र घटना दुई दिनपछि सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको