माओवादी केन्द्रीय समिति बैठक सुरु


काठमाडौं, माघ २८ गते ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा भवनमा सुरु भएको बैठक सोमबारसम्म चल्ने छ । बैठकमा चार महिने विशेष रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।

सापकोटाका अनुसार आजको बैठकमा प्रदेश इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट पेस गर्ने कार्यतालिका रहेको छ । यस्तै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको स्थिति, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा बैठकलाई ब्रिफिङ गर्नेछन् ।

बैठकको एक मात्र एजेन्डा भनेको अभियानको समीक्षा गर्ने रहेको छ । अध्यक्षले पार्टीको समग्र अवस्था, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा जानकारी दिने कार्यक्रम छ । प्रदेश इन्चार्जहरूले समीक्षात्मक रिपोर्टिङ गर्नुहुनेछ’, उनले भने ।

कार्यसम्पादनका आधारमा नेताहरुको काम विभाजन हुने हुँदा यो बैठक महत्वपूर्ण मानिएको छ । अध्यक्ष प्रचण्डले चुनावी अभियानमा सहभागी नभएका र कार्यसम्पादनमा कमजोर देखिएका नेताहरूलाई कारबाही गरिने बताउनुभएको छ । भदौ १६ देखि पुस १६ सम्म माओवादीले जनतासँग मिलेर माओवादी रुपान्तरणको विशेष अभियान चलाएको थियो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले समीक्षात्मक रिपोर्टमाथि सामूहिक छलफल नहुने जानकारी दिए । उनले टिप्पणी गर्न चाहनेले नाम उल्लेख गराएर बहस गर्न समय उपलब्ध गराउन सकिने उनले बताए ।

केन्द्रीय समिति बैठक लगत्तै माओवादीले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन बोलाएको छ । शनिबार सकिएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले मस्यौदा समायोजन गरी पदाधिकारी बैठकले अन्तिम रूप दिने म्यान्डेट दिएको थियो ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको