भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल


Deep Diamond

काठमाडौं, माघ २८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा जतिसुकै ठूला व्यक्ति संलग्न भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाबालिग मात्रै नभइ ठूलालाई पनि कानुनको दायरामा ल्याउन सुझाव दिएका हुन् ।

आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारको छानबिन गर्दै गर्दा साना प्रकृतिका कसुरदारका मात्र होइनन् । बरु ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला मान्छे भएपनि उनीहरुलाई कानूनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिन्छु,’ राष्ट्रपति पौडेलले भने ।

अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुुनुपर्ने भन्दै उनले भ्रष्टाचार नियन्त्रणका हकमा संस्थागत सुदृढीकरणका लागि राज्यका अन्य अंगहरुलाई पनि बेलाबखत परामर्श तथा सुझाव दिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष घाटा बढ्दै गएको देख्दा दुःख लागेको बताए । हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विषयहरु प्रकाशित भएका हुन्छन् । यस्ता विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सचेत हुनुपर्ने उनको भनाइ छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको