
काठमाडौँ, माघ २७ गते ।
नेपालले क्यानडा विरुद्धको दोस्रो एकदिवसीय खेल पनि जितेको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी रहँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ८७ रन, देव खनालले ७६ रन, अनिलकुमार साहले ५० रन, भीम सार्कीले २३ रन र पवन सर्राफले १४ रन बनाए । त्यसैगरी आसिफ सेखले १० रन, कुशल मल्ल र सोमपाल कामीले ९/९ रन जोडे ।
नेपालले यसअघि क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा दुई खेल जितेको छ । एकदिवसीय सिरिजको अन्तिम खेल सोमबार हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको छ । ओपनर आरोन जोन्स र नवनित डालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे ।
तर १९ औं ओभरको दोस्रो बलमा नवनीतलाई आकाश चन्दले ४६ रनमा आउट गरे । क्यानडाको स्कोर १२६ रन हुँदा जोन्सन ६५ रनमा आउट भएका थिए ।
त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिएर क्यानडालाई दबाब बनाएका थिए ।
ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे। स्वीप खेल्दै गर्दा सोमपाल कामीले उनलाई डिप स्क्वायर लेगमा क्याच आउट गरेका थिए ।
पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तनलाई स्टम्पिङ गरे। क्यानडाको स्कोर १८०/४ हुँदा उनी २० रनमा आउट भएका थिए ।
तर ७ नम्बर ब्याट्सम्यान श्रेयश मोभ्भा र १० नम्बरका उदय भगवानले ९औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभा अन्तिम बलमा आउट भए भने भगवान २० रन बनाएर नटआउट रहे ।
नेपालका लागि कप्तान रोहित र कुशल मल्लले २–२ विकेट लिए भने पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले १–१ विकेट लिए । सूर्यले आफ्नो एकदिवसीय करियरको पहिलो विकेट लिए ।
श्रोत onlinekhabar