नेपालले गुमायो पाचौं विकेट, रोहित ८७ रनमा आउट


काठमाडौँ, माघ २७ गते ।

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् । उनले १०१ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाए । योसँगै नेपालले ५ विकेट गुमाएको छ ।

२८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिलकुमार साह, देव खनाल र रोहितले अर्धशतक पुरा गरे। नेपालले ४१ ओभरको अन्त्यमा २४१ रन बनाएको थियो । नेपाललाई ५४ बलमा २५ रन आवश्यक छ र ५ विकेट बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको