नेपालले तेस्रो विकेट गुमायो, देव खनाल ७६ रन बनाएर आउट


काठमाडौं, माघ २७ गते ।

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । चौथो नम्बरमा ब्याटिङ गर्दै उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

उनले कप्तान रोहित पौडेलसँग मिलेर १५० रनको साझेदारी गरेका थिए।

देव आउट भएपछि भीम सार्की क्रिजमा आएका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपालले ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको