पाकिस्तानमा मतगणना अन्तिम चरणमा पुग्दा इमरान खान समर्थित उम्मेदवारको ९९ सिटमा जित हासिल


इस्लामावाद, माघ २७ गते ।

पाकिस्तानमा ९९ सिटमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् भने राष्ट्रिय सभाका २६६ निर्वाचन क्षेत्रमध्ये १५ मा मतदान हुन बाँकी छ ।
पाकिस्तानको निर्वाचन आयोगले घोषणा गरेअनुसार शनिबार बिहानसम्मको २५० सिटको नतिजामा सत्तारुढ पाकिस्तान मुस्लिम लिग–नेसनलिस्ट (पिएमएल–एन) दोस्रो स्थानमा छ । उनले ७१ सिट जितेका थिए ।

यसैबीच, बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टरियन्स (पिपिपी) ले ५३ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले १७ सिट जितेको छ, भने मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले १७ सिट जितेको छ ।

स्वतन्त्र विजयी उम्मेदवारहरूलाई पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक(इ(इन्साफ (पिटिआई) ले समर्थन गरेको छ।

पिटिआईका अध्यक्ष समेत रहेका इमरान खान अहिले रावलपिण्डीको अडियाला जेलमा छन् । निर्वाचनको केही समयअघि विभिन्न अदालतले उनलाई कैयौं पटक जेल सजाय सुनाएको थियो ।

गत शनिबार उनलाई गैरइस्लामिक विवाह गरेको अभियोगमा अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो । यसअघि उनलाई राज्यको उपहार बेचेको आरोपमा नेशनल अकाउन्टाबिलिटी ब्यूरो ९एनएबी० ले १४ वर्षको जेल सजाय सुनाएको थियो । यी दुई मुद्दामा उनकी श्रीमती बुशरा बीबीलाई जेल सजाय सुनाइएको थियो ।

त्यसअघि उनलाई साइफर मुद्दामा अर्थात सरकारी गोप्य सूचना चुहाएको गरेको अभियोगमा १० वर्षको जेल सजाय पनि सुनाइएको थियो ।

पाकिस्तानको निर्वाचन आयोगले पीटीआई पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकले यस वर्ष स्वतन्त्र उम्मेदवारी दिएका थिए।

स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवार दिएका पिटिआई समर्थित उम्मेदवारहरूलाई अपमानजनक चुनाव चिन्ह दिइएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उल्लेख गरेका छन्।

नवाज शरिफको पार्टी पिएमएललाई पनि यसपटक पाकिस्तानी सेनाको समर्थन रहेको बताइएको छ ।

यद्यपि, स्वतन्त्र उम्मेदवारहरूले सत्तारूढ दललाई पछि पारेका हुन्।

तर, कुनै पनि दलले सरकार बनाउन लागि आवश्यक बहुमत प्राप्त नगर्ने निश्चित भएको छ। अहिले १५ स्थानको नतिजा आउन बाँकी छ । बहुमतका लागि १६९ सिट जित्नुपर्ने हुन्छ ।

पाकिस्तानमा राष्ट्रिय सभाका ३३६ सिटमध्ये २६६ सिटका लागि मतदान भएको छ र बाँकी सिटहरू आरक्षित छन्।

चार प्रदेशको नतिजा पनि अन्तिम चरणमा पुगेको छ ।

पञ्जाबमा २९६ प्रान्तीय सिटमध्ये १३१ सिट जितेर पिएमएल(एन ठूलो दल बनेको छ। पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरू १२६ सिटमा निर्वाचित भए भने पीपीपीले १० सिट मात्र जितेको छ।

सिन्धका सबै १३० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । त्यहाँ ८४ सिटसहित पिपिपी पहिलो दल बनेको छ। सिन्धमा मुत्ताहिदा क्वमी मुभमेन्टले २८ सिट जितेको छ । पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारले १४ सिट जितेका छन् ।

खैबरका ११३ सिटमध्ये ९० सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । त्यहाँ पिएमएल(एनले मात्र ५ सिट र पिपिपीले ४ सिट जितेको छ । २ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ ।

बलुचिस्तानका ५१ जिल्लामध्ये ४४ जिल्लाको नतिजा आइसकेको छ ।

पिपिपीले ११ सिट र पिएमएल(एन ९ सिट जितेका छन् भने पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवार ५ सिटमा विजयी भएका छन् ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको