महोत्तरीमा लुटेरा समूह द्धारा १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार


Deep Diamond

महोत्तरी — महोत्तरीको सम्सी गाउँपालिका पर्सामा लुटेरा समूहले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको छ । महोतरीको सम्सी गाउँपालिका–२ पर्सामा बालिकालाई चार जनाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण सोनमा घर भई मामा घरमा बोल्न नसक्ने आमा र हजुरआमासँग बस्दै आएकी बालिकालाई लुटेराहरूले घरबाट १ किलोमिटर दूरीमा रहेको खेतमा लगेर बलात्कार गरेको सम्सी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विपिन बिहारीले बताए ।

मंगलबार राति चार जनाको घरमा लुटपाट गर्दै आमा र हजुरआमालाई घरमा थुनेर बालिकालाई खेतमा लगेर बलात्कार गरेका वडाध्यक्षले बताए । पीडित बालिकाको बयानअनुसार घटनास्थल मुचुल्का र दिएको हुलिया अनुसार केही व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

आमा बोल्न नसक्ने र बालिका डराएका कारण मंगलबार राति भएको घटना बुधबार साँझ मात्रै सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे प्रहरीलाई जानकारी गराएपछि शंकास्पद केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । चार जनाको समूहमा रहेका लुटेराहरूले स्थानीय सुरेन्द्र चौधरीको घरबाट १० हजार रुपैयाँ लुटपाट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी निरीक्षक महेन्द्र खड्काको नेतृत्वमा बालिका बलात्कार घटना अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको