
विराटनगर, माघ २६ गते ।
कोशी प्रदेश सरकार र पहिचान अधिकारकर्मीबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार दुई पक्षबीच भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।
प्रदेश सरकार र पहिचानका पक्षधरले संविधान सम्मत प्रदेशको पुनः नाम परिवर्तनका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति समेत भएको छ ।
पहिचानका पक्षधरले निषेधाज्ञा आन्दोलन फिर्ता गरी शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने, प्रदेश सरकारले आन्दोलनकारीमाथिको मुद्दा फिर्ता लिने र दुवै पक्षको सहमतिमा फागुन १० गतेअघि पुनः वार्ताको मिति तय गर्ने सहमति भएको मन्त्री जबेगुले बताए ।
श्रोत रातोपाटी