चौबिसे घुम्ने आउने पर्यटकलाई आचार कोसेली


धनकुटा, माघ २४ गते ।

चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा आउने पर्यटकलाई अचार कोसेली उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान दिएको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिनुभयो ।

उद्यमी विष्णुमायाँ कन्दङवाले मूला, गाजर, बन्दागोभी, बन्दाकोबी जस्ता तरकारीबाट अचार बनाउने, सुकुटी बनाउने तालिम प्रदान गर्नुभएको थियो । पालिका आउने पर्यटकलाई कोसेली अचार खुवाउने तालिम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बताउनुभयो ।

यसका लागि पालिकाको केन्द्र रहेको राजारानी बजारमा पालिकाले कोसेली घर निर्माण गर्न लागेको उनले जानकारी दिए । उहाँले भन्नुभयो, ूयसले एकल महिलाको जीवनस्तर उकास्न मद्दत पुग्नेछ ।

पर्यटकीय नगरी धनकुटाको भेडेटारदेखि पाँचथरसम्मको एक सय किलोमिटर भेडेटार–रवि–राँके राजमार्गको कालोपत्रका काम तीव्र गतिमा भइरहेको छ । सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरी कोसेली अचार कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।

श्रोत गोरखापत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको