सम्बाद यात्राले जनताको दुःख, दर्द र मर्म बुझ्दै : गगन थापा


१८ माघ,महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएको छ ।
महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । महामन्त्री थापाले आफूहरु भुईंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए ।

थापाले जनताको सवाल राजनीति मुद्धा बन्नु पर्ने बताउनु भयो । किसानको युवाको रोजगारीको विषय, किसानको सिचाई समस्या, विद्यार्थीको पढाई अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्धा बन्नु पर्ने उाले भन्नु भयो । मुलुकको विकासकालागि जनताको समस्या राजनीति मुद्धा बन्नु पर्छ, महामन्त्री थापाले भन्नु भयो,‘झापामा हातिको त्रास । धनुषा महोतरीका किसान निलगाईको आतंकले समस्यामा परेको छ । किसानको खेतमा सिचाइको समस्या छ । तर यो समस्या विषयमा राजनीति छलफल हुदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिंदैन ।’ जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीति दलको प्राथमिकतामा नपरेको उहाले भन्नु भयो ।

महामन्त्री थापाले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो सम्बाद कार्यक्रमले मद्दत गर्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । एक फरक प्रसँगमा उहाँले विश्वकै सबभन्दा राम्रो मनिएको व्यवस्था आफनो देशमा रहेको भन्दै यसलाई अमm बढी मजबुत बनाउँनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सम्बाद यात्रामा जिल्लामा देखिएको समस्या र यसको समाधानका विषयमा समेत जनताले महामन्त्री थापालाई जानकारी गराएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको