काठमाडौँ, माघ १८ गते ।
काठमाडौँमा बुधबार एकै दिन दुईवटा घरबाट गहना र नगद चोरी भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठा चोरी भएको हो ।
कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रुपैयाँ गरी करिब ४ लाख ४ सय रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
यसैगरी काठमाडौँ महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने सोही महानरपालिका-२१ मरु गणेश घर भएका ३० वर्षीय सुजन जोशीको कोठाबाट ताल्चा फोडेर सुनका विभिन्न गहना र नगद ३२ हजार रुपैयाँ गरी करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
श्रोत रातोपाटी