बालेनले शिक्षा प्रमुखसँग मागे स्पष्टीकरण


काठमाडौं, माघ १४ गते ।

काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण मागेको छ ।

महानगरको शिक्षा समितिले पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी हाईस्कुलमा कक्षा ११ मा विज्ञान पढाइ सञ्चालन गर्ने निर्णय गरेको पत्र आएपछि ७ दिनभित्र सफाइ पेश गर्न र त्यो समय सम्म बिदामा बस्नु होस्नि र्देशन दिइएको मेयर बालेन शाहको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

नगर शिक्षा समितिले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० गते विज्ञान विषयमा कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको भन्दै कोइरालाले पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यो मितिबारे निर्णय नगरेको शाहको सचिवालयले जनाएको छ ।

उहाँले नगर शिक्षा समितिको निर्णयविना कक्षा थप गरेको पाइएपछि कारणसहित औचित्य पेश गर्न प्रमुख प्रशासकीय अधिकृतमार्फत निर्देशन दिइएको थियो । उहाँले कुन निर्णयका आधारमा अनुमति दिनुभयो, त्यो नहेर स्पष्टीकरण सोधेका हौं,’ सचिवालयका एक सदस्यले भने ।

स्थानीय तहमा नगर शिक्षा समितिको संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाको अनुमतिपछि रत्नराज्य माविको विज्ञान संकायमा विद्यार्थी भर्ना भई अध्ययन सञ्चालन भइरहेको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको